सर्वोच्चद्वारा जाँचबुझ आयोगका अध्यक्षलाई पदमुक्त गर्न माग गर्दै परेको रिट खारेज


काठमाडौँ । सर्वोच्च अदालतले जेनजी घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको अध्यक्ष पदबाट गौरीबहादुर कार्कीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट खारेज गरिदिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको संइुक्त इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्च अदालतले उनीहरूलाई पदमुक्त गर्न नपर्ने भन्दै निर्देशनात्मक आदेश गरेको हो । जाँचबुझ आयोगको निष्पक्षता र औचित्यमा प्रश्न उठाउँदै विपिन ढकालले कात्तिक १८ गते रिट दायर गरेका थिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटना जाँचबुझका लागि सरकारले पूर्वन्यायाधीश र कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो।

सदस्यमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी छन् । आयोगका अध्यक्ष कार्की र सदस्य शर्मा पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएकाले आयोगको काम निष्पक्ष हुन नसक्ने दाबी निवेदकले गरेका थिए।