काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर संचारमन्त्री प्रचण्डलाई भेट्न प्रचण्ड निवास हात्तीवन पुगेका हुन् । भेटमा आसन्न निर्वाचन र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुलाई सक्रिय बनाउन सरकारले निरन्तर संवाद गरिरहेको छ । केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री सुशीला कार्की, ओली, देउवा र प्रचण्डबीच छलफल भएको थियो ।

प्रतिक्रिया