काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । उनको आजै शपथग्रहणको तयारी भएको छ । उनलाई रक्षा वा परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ । अहिले दुबै मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा छ ।
पूर्वरथी शर्माले सेना समायोजन विशेष समिति सचिवालयको संयोजक बनेरसमेत काम गरेका थिए । उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी समेत दिएको थियो ।

प्रतिक्रिया