काठमाडौं । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार बिहान उनी नेकपा प्रवेश गरेका हुन् ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’को निवासमा पुगेका उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । परियार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष थिए ।
बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।
पार्टी प्रवेश गरेपछि परियारले जनयुद्ध र त्यसपछि गणतन्त्र स्थापनामा प्रचण्डले गरेको योगदानबाट आफू प्रभावित भएको बताए । उनले अब दलित मुक्ति आन्दोलनमा नयाँ उचाइमा पुर्याउन योगदान गर्ने बताए ।

प्रतिक्रिया