तत्कालीन गृहमन्त्री लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने


काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लेखकले आफू सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।

आयोगले शुक्रबार लेखकलाई सात दिनभित्र बयान दिन आउन पत्र काटेको थियो । उनले भने, ‘आयोगले  शुक्रबार बोलाएको रहेछ । म सोमबार जाने निर्णय गरेको छु ।’

लेखकले आफूले सोमबार बयान दिन आउने जानकारी गराइसकेको जानकारी दिए ।