बालेनलाई भेटेर बाहिरिएका रविले भने- मेरो अनुहारमा के देख्नु भो, त्यही हो


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँगको छलफलपछि उत्साहित देखिएका छन् ।

बिहीबार दिउँसो कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा वार्तापछि रवि उत्साहित देखिएका हुन् । वार्ता सकेर बाहिर निस्कने क्रममा सभापति लामिछानेले भने, ‘मेरो अनुहारमा के देख्नु भो, त्यही हो ।’

आगामी निर्वाचनमा नयाँ शक्तिलाई एक ठाउँमा ल्याउने प्रयासस्वरुप मेयर साहले विभिन्न दल तथा वैकल्पिक शक्तिका नेताहरुसँगको भेटवार्तालाई तीव्र बनाएका छन् ।

उनले उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमार सिंह, कांग्रेस नेता सुनिल शर्मालगायतसँग पनि छलफल गरेका छन् ।