बैंकक । कम्बोडियाले बुधबार थाई सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर बम खसाल्न लडाकू जेटहरू प्रयोग गरेको बताएको छ भने थाई सेनाले जवाफमा तैनाथ क्लस्टर बमहरू विशेष गरी सैन्य केन्द्रहरूमा लक्षित गरी खसालेको जनाएको छ ।
थाई सेनाले बटामबाङ प्रान्तको नागरिकको आवासिय क्षेत्रमा चारवटा बम खसाल्न लडाकू जेटहरू प्रयोग गरेको कम्बोडियाको रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
यसैबीच ‘कम्बोडियन माइन एक्सन एन्ड भिक्टिम असिस्टेन्स अथोरिटी’ ले थाइल्यान्डले नागरिक क्षेत्रमा वा नजिकै क्लस्टर हतियार र विषाक्त ग्यास प्रयोग गरेको रिपोर्टमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।
रोयल थाई आर्मीका प्रवक्ता विन्थाई सुवारीले बुधबार कम्बोडियाले दावी गरेको क्लस्टर बमहरू सैन्य लक्ष्यहरू विरुद्ध प्रयोग गरिएको भन्दै यसले नागरिकहरूलाई कुनै हानि नपुर्याउने बताए ।
विन्थाईले क्लस्टर सम्बन्धी कन्भेन्सनले पक्षहरूलाई त्यस्ता हतियारहरू प्रयोग गर्न, उत्पादन गर्न वा भण्डारण गर्न निषेध गर्दछ, तर थाइल्यान्ड र न त कम्बोडिया कन्भेन्सनको पक्ष राष्ट्रहरु नभएकाले उनीहरुलाई यो बाध्यकारी छैन ।

प्रतिक्रिया