काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई ४५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागका अनुसार थाकखोला थकाली भान्सा घर काठमाडौंलाई १५ हजार, पाककला प्रालिलाई १० हजार र इन्द्रेणी फुड एण्ड व्याङ्केटलाई २० हजार रुपैयाँ जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ अनुसारबमोजिम कारबाही गरेको हो ।
यस्तै, विभागले अन्य होटल तथा खाजा पसललाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले कूल १८ वटा होटल तथा खाजा पसलमा अनुमगन गरेकामा १५ वटालाई सुधारात्मक निर्देशन दिएको र तीन वटालाई नगद जरिवाना गरेको हो ।

प्रतिक्रिया