काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले पाँचौँ एसियाली युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङ र प्रशिक्षक कविराज नेगी लामालाई बधाई दिएको छ ।
राखेपका कार्यवहाक सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी दुवैलाई बधाई दिँदै आगामी दिनमा अझ सफलता प्राप्त गर्न शुभकामना दिए ।
रेनुले युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा हालै सम्पन्न एसियन युथ पारा गेम्समा के–४४ विधाको महिला ४७ किलोमुनि तौलसमूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । रेनु राखेपले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेकी खेलाडी हुन् ।
सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया