सात दिनभित्र बयानका लागि उपस्थित हुन रमेश लेखकलाई आयोगको पत्र


काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ ।

आयोगले लेखकलाई बयानका लागि उपस्थित हुन मंगलबार पत्र पठाएको हो । सात दिनभित्र आयोगमा बयानका लागि उपस्थित हुन पत्र पठाइएको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिए । आयोगले यसअघि सुरक्षा निकाय र सम्बन्धित कर्मचारीसँग बयान लिएको थियो ।

आयोगले छानबिनलाई अन्तिम चरणमा पुर्याएको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मालाई पनि बयानका लागि उपस्थित हुन पत्र पठाउने तयारी गरेको छ । तर ओलीले आयोगमा बयान दिन नजाने अडान लिँदै आएका छन् ।