काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले आज दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेका हुन् ।
उनीहरुबीच २१ फागुनमा हुने निर्वाचन र सममामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया