काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पौडेलले पुस ९ गते दिउँसो १ केन्द्रीय कार्यालय, सानेपामा उपस्थित हुन पदाधिकारी र सदस्यलाई आग्रह गरेका छन् । बैठकमा महाधिवेशनबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया