विराटनगर । नेकपा एमाले कोसी प्रदेश कमिटीले सरकारविरुद्ध आन्दोलनमा जाने घोषणा गरेको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी एमाले कोशी प्रदेश कमिटीले सरकारले असंवैधानिक निर्णय गरेको भन्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष घनश्याम खतिवडाले सरकारले राजनीतिक प्रतिशोध साध्ने उद्देश्य राखेको आरोप लगाउँदै त्यसविरुद्ध कोसीका सबै १४ जिल्लामा चरणबद्ध प्रदर्शन गरिने जानकारी दिए । खतिवडाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कथित छानबिन आयोगको नाममा अनावश्यक दुःख दिन खोजेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कथित छानबिन आयोगको नाममा अनावश्यक दुःख दिन खोज्दै मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने प्रयास भइरहेको छ ।’



प्रतिक्रिया