काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली मंगलबार सानेपास्थित आगजनी गरिएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो ।
टोलीले अनुगमनका साथै कांग्रेसका प्रतिनिधिहरुसँग छलफल गरेको छ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन गरेको हो ।
सरकारी टोलीले आगजनी गरिएको सबै पार्टी कार्यालय अनुगमन गर्नेछ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्रलगायत राजनीतिक दलका कार्यालय तथा नेताहरुका निवासमा आगजनी भएको थियो ।



प्रतिक्रिया