रवि-बालेन भेटबारे असिम शाह भन्छन्-अन्ततः कथाको सुखद सुरुवात भएको छ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच गएराति भएको भेटवार्ता सकारात्मक भएको नेताहरुले बताएका छन् । रास्वपाका नेता असिम शाहको घरमा रवि र बालेनबीच गएराति भेटवार्ता भएको थियो ।

भेट सकारात्मक भएको र कथाको सुखद सुरुवात भएको रास्वपाका नेता असिम शाहले बताएका छन् । भेटपछि उनले सामाजिक संजालमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपाली लाई बधाई।’

सहकारीको रकम अपचलनको अभियोगमा जेलमा रहेका रवि गत शुक्रबार धरौटीमा रिहा भएका थिए । रिहा भएपछि उनले राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । रविले यसअघि आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए ।