काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ ।
सोमबार साँझ रास्वपाका नेता असिम शाहको घरमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा रास्वपा उपसभापति डिपी अर्याल सहभागी छन्। उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितीबारे छलफल भएको बताइएको छ ।
शुक्रबार जेलमुक्त भएका लामिछानेले राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन् । यसअघि आइतबार उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए।

प्रतिक्रिया