राप्रपाबाट काठमाडौं-४ मा राणा र २ बाट सिम्खडाको नाम सिफारिस


काठमाडौं । काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुई प्रभावशाली उम्मेदवारको नाम सिफारिस गरेको छ । जसमा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडा र क्षेत्रीय अध्यक्ष रिद्दीप्रताप राणा छन् ।

आगामी निर्वाचनका लागि काठमाडौं–४ बाट क्षेत्रीय अध्यक्ष रिद्दीप्रताप राणाको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ भने हरिकृष्ण मगर, रोमन तन्दुकार र सुनिता पाण्डे पनि प्रत्यक्ष उम्मेद्वारको सूचीमा समावेश छन् । यसैगरी समानुपातिकतर्फ निना भेटवाल, अशोक कुमार थापा, सुमिरा कार्की र सुनिल शाही समुद्र सिफारिसमा परेका छन् ।

काठमाडौ–२ मा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडा उम्मेदवारका रूपमा पहिलो नम्बरमा सिफारिस भएका छन् । सो क्षेत्रबाट प्रत्यक्षतर्फ अन्य पाँच जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ जसमा शशी सिलवाल, सुजित के.सी., कुन्ती पोख्रेल, दिपक के.सी र मणि सिम्खडाका नाम पनि समेटिएको छ ।

समानुपातिकतर्फ नानू नगरकोटी, अञ्जु केसी, दीपेन्द्र रेग्मी, बद्री श्रेष्ठ, विष्णु मिजार र सुदीप फुयाँल सिफारिसमा परेका छन् ।