काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले सरकारले जेनजीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै आक्रोश पोखेका छन् ।
सरकारसँग सम्झौता भएपनि प्रहरीले जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउनेक्रम नरोकेको भन्दै गृहमन्त्री ओमप्रकश अर्यालयको मोबाइल नम्बर सार्वजनिक गरेका छन् ।
उनले भदौ २३ र २४ को आन्दोलनको आधारमा पक्राउ परेर रिहा हुन नसकेकाको परिवारले सोझै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीलाई सम्पर्क गर्नू भन्दै मोबाइल नम्बर सार्वजनिक गरेका हुन् ।
उनले भनेका छन्, ‘जेनजी जनादेश सम्माननीय प्रधानमन्त्रीबाट हस्ताक्षर पश्चात् राजपत्रमा अंकित भएर सार्वजनिक भएता पनि, सम्माननीय राष्ट्रपतिबाट हस्ताक्षरमा भइरहेको आनाकानीका कारण, जेनजी र सरकारपक्षबीच भएको सम्झौता बमोजिम भ्रष्टाचारीलाई र हत्यारालाई छानबिन र कारबाहीको दायरामा ल्याउनबाट पछाडि हट्दै उल्टै, भाद्र २३/२४ का आधारमा झुठा अभद्र मुद्वामा फसाएर पक्राउ गर्ने र बारम्बार हामीले रिहाईका निम्ति पीडित पक्षका परिवारलाई सघाउँदा पनि, मुद्दा र धरौटीका कारणले रिहाई हुन नसेका पीडित पक्षका परिवारले अबदेखि रिहाईका निम्ति जेनजीका रगतमा उभिएर शासन गर्दै गरेका सरकारका सुरक्षा निकायका गृहमन्त्रीज्यू र स्वकीय सचिवलाई सम्पर्क गर्नुहोला ।’


प्रतिक्रिया