काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा जिल्ला कार्यसमिति वैठकले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरू सिफारिस गरेको छ । प्रत्यक्षतर्फ राप्रपाले लामो समय दोलखाको नेतृत्व गरेका समाजसेवी राप्रपा सहायक महामन्त्री तथा पर्यटन विभाग प्रमुख विजय खड्कालाई सिफारिस गरेको छ ।
खड्का विगतमा पनि प्रत्यक्ष निर्वाचनमा सम्मानजनक मत प्राप्त गरेका नेता हुन् । उनी विगतमा राप्रपाको प्रवास संगठन निर्माण गर्ने प्रभावशाली नेता हुन् ।
अन्य सिफारिस गरेका व्यक्तिहरूमा निर्माण व्यवसायी समेत रहेका सहायक प्रवक्ता युवा नेता प्रवीणकुमार थोकर, जिल्ला अध्यक्ष विष्णु श्रेष्ठ, प्रदेश अध्यक्ष कुमार कार्की लगायत छन् । राप्रपाले दोलखामा यसपटक राम्रो तयारी गरेर परिणाम निकाल्ने गरि निर्वाचनमा होमिने जनाएको छ ।
यसै सन्दर्भमा केन्द्रीय नेताहरूको उपस्थितिमा राप्रपा दोलखा प्रदेश क अधिवेशन र आमसभा यही पौष ९ गते वैतेश्वर – ५ मैनापोखरीमा गर्ने जनाएको छ।




प्रतिक्रिया