काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का सह–संयोजक माधवकुमार नेपालले आफ्नो पार्टीलाई एक पटक मौका दिन आग्रह गरेका छन् ।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै नेपालले जनताले विश्वास गरेर जिम्मेवारी दिएमा विगतका कमजोरी सच्याउने बताएका हुन् ।
उनले जनताका चाहना साकार पार्न इमान्दारिताका साथ काम गर्दै आएको बताए । उनले भने, ‘हामीलाई एक पटक तपाईंले मौका दिनुपर्ने हुन्छ । हामीले आजसम्म इमानदारीताको राजनीति, देशभक्तिको भावनालाई, देशप्रेमको भावना र सेवाको भावनालाई केन्द्रमा राखेर भूमिका खेल्दै आएका छौं । अब विगतका कमजोरी दोहोरिने छैन ।’
उनले देशको समृद्धिका लागि लड्दै आएको र त्यसैका लागि नेकपा बनाएको बताए । उनले भने, ‘कसैले अपमान महसूस गर्न नपरोस्, भेदभाव महसूस गर्न नपरोस, गरिबी र अभावको जीवन बाच्न नपरोस्। सबै नेपालीको जीवन सुखी र समृद्ध बनाउन लागेका छौं ।’

उनले नेता बन्ने जनताकहाँ नजाने तथा पद लिने र जिम्मेवारी पूरा नगर्ने प्रवृत्तिलाई पार्टीमा छुट नहुने बताए ।
उनले भने, ‘नेताको वरिपरि बस्ने उसको प्रंशसा गर्ने र काम नगर्ने प्रवृत्तिलाई छुट दिँदैनौं । त्यस्ता प्रवृत्तिलाई निस्तेज गर्दै नेतालाई पनि राम्रो बनाउन चाहन्छौं। कार्यकर्तालाई पनि राम्रो बनाउँछौं ।’
नेपालले जेनजीहरुले अघि सारेको मागलाई आफूहरूले जायज ठानेर समर्थन गरेको भन्दै हजारौँ जेनजी पुस्ताहरू पार्टीमा प्रवेश गरिरहेका बताए ।

प्रतिक्रिया