जनकपुरधाम । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले शनिबार उम्मेदवारी दर्ता गराएका छन् ।
उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेका प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिनए। यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया