एथेन्स । ग्रीसको क्रिट टापुको दक्षिणमा एउटा डुङ्गामा खचाखच भरिएका लगभग ५४० आप्रवासीहरूलाई उद्धार गरिएको ग्रीकका तटरक्षक अधिकारीले बताएका छन् ।
लिबियाली समुद्रको सानो टापु गाभ्डोस नजिकै युरोपेली सङ्घको सीमा निकाय ‘फ्रोन्टेक्स’ को गस्ती जहाजले ५३९ जना शरणार्थीको उद्धार गरेको तटरक्षक प्रवक्ताले एएफपीलाई बताए ।
उक्त डुङ्गामा बङ्गलादेश, पाकिस्तान, इजिप्ट, इरिट्रिया, सोमालिया, सुडान र प्यालेस्टाइन क्षेत्रका नागरिकको रहेको बताइएको छ ।
उनीहरुलाई सबैभन्दा पहिले क्रेटन शहर रेथिम्नो लगिने उनले बताए । युरोपेली सङ्घको मानक प्रक्रिया अन्तर्गत सबैको शरणार्थी दाबीको प्रक्रिया अघि स्वास्थ्य जाँच गरिनेछ ।
प्रवक्ताले भने, “उनीहरू कुन बन्दरगाहबाट बाहिर निस्केका थिए, अझै स्पष्ट हुन सकेको छैन ।
गत वर्षदेखि लिबियाबाट आप्रवासीहरूले क्रिट हुँदै युरोपेली सङ्घमा प्रवेश गर्ने प्रयास गरिरहेको बताउने गरिएको छ।

प्रतिक्रिया