काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पीनिङ मिल्सको आईपीओ निष्काशन सम्बन्धमा भएको अनियमितता छानबिन गर्न समिति गठन गरेको छ ।
शुक्रबार बसेको बोर्ड बैठकले बोर्ड सदस्य बिनोदकुमार भट्टराईको संयोजकत्वमा बोर्ड सदस्यहरु आनन्दराज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्य रहने गरी समिति गठन गरेको हो ।
रिलायन्सको आईपीओ निष्काशनमा अनियमितता भएको भन्दै अर्थ मन्त्रालयमा उजुरी परेपछि छानिबन गर्न मन्त्रालयले सेबोनलाई निर्देशन दिएको थियो ।
अर्थ मन्त्रालयको निर्देशनबमोजिम सेबोनले छानबिन समिति गठन गरेको हो । रिलायन्सले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई आईपीओ निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ ।

प्रतिक्रिया