काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा विष्णु रिमाल पराजित भएका छन् । अध्यक्ष केपी शर्मा ओलीको सूचीबाट उपमहासचिवमा उम्मेदवारी दिएका रिमाल पराजितत भएका हुन् ।
उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुँदा रिमाल भने १ हजार ९१ मत पाप्त गरी पराजित भए । हरेक पटक ओली प्रधानमन्त्री हुँदा रिमाल प्रमुख राजनीतिक सल्लाहकारका रुपमा रहँदै आएका थिए । तर निर्वाचन परिणामलाई हेर्दा उनी ओली पक्षबाट रुचाइएनन् ।
प्रमुख राजनीतिक सल्लाहकार हुँदा रिमालले सीमित नेतालाई मात्रै बालुवाटारमा पहुँच दिने गरेको आरोप लाग्दै आएको थियो ।

प्रतिक्रिया