रोम । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले रोक्का गरिएकोरूसी सम्पत्ति प्रयोग गरेर युक्रेनलाई आर्थिक सहयोग गर्ने कुरामा ‘जबरजस्ती गर्न नमिल्ने’ बताएकी छन् ।
इयूको योजनाबारे आफ्नो धारणा राख्ने क्रममा मेलोनीले ब्रसेल्समा उक्त भनाइ राखेकी हुन् ।
“यी जटिल निर्णयहरू हुन् जसलाई जबरजस्ती गर्न सकिदैन,” मेलोनीले युरोपेली परिषद्को बैठक अघि युरोपेली संसदमा सम्बोधनका क्रममा भनिन् ।
“रूसले आक्रमण गरेको राष्ट्रको पुनर्निर्माणको लागि सबैभन्दा पहिले पैसा तिर्नु पर्छ, तर यो परिणाम ठोस कानुनी आधारमा प्राप्त हुनुपर्दछ भन्ने इटालीले स्पष्ट धारणा रहेको छ,” उनले भनिन् ।
युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयनले आगामी दुई वर्षमा किएभलाई ९० अर्ब युरो ऋण प्रदान गर्न रुसी केन्द्रीय बैङ्कको फ्रिज सम्पत्ति प्रयोग गर्ने योजनालाई अघि बढाइरहेकी छन् ।
यो योजनाले बेल्जियमविरूद्ध रूसी प्रतिशोधको लागि खोल्न सक्छ भन्नेमा बेल्जियमलाई डर रहेको देखिन्छ तर अन्य इयू देशहरूबाट भने रोक्का रकम युक्रेनलाई षतिप्रर्ति बापत् दिलाइनुपर्ने बताउँदै आएका छन् । यद्यपि, इयूके कतिपय मुलुकहरूले भने कानुनी र वित्तीय दायित्वहरू साझा गर्ने वैकल्पिक ठोस सुनिश्चिततामा जोड दिइरहेका छन् ।
शिखर सम्मेलनमा सम्भावित विवादमा बेल्जियम सरकारलाई आश्वस्त पार्ने प्रयासहरूमा अहिलेसम्म अन्तिम निर्णय भने हुन सकेको छैन । सिद्धान्ततः इयूका अन्य नेताहरूले बेल्जियमलाई दवाव दिनसक्छन् र भारी बहुमतका साथ पहललाई अगाडि बढाउन सक्छन् ।
मेलोनीले भनिन्, “इटालीले यस योजनाको लागि आफ्नो समर्थन दिएको छ ‘यद्यपि हामी प्रयोग गरिएको विधिसँग सहमत छैनौँ।” उनले ‘सम्पत्तिको स्थिरीकरणबाट उत्पन्न तरलताको प्रस्तावित प्रयोगसँग सम्बन्धित प्रतिष्ठा, प्रतिशोध वा राष्ट्रिय बजेटमा नयाँ र व्यापक भारी बोझसँग सम्बन्धित सम्भावित जोखिमहरूको बारेमा स्पष्टता’ को लागि आह्वान गरिन् ।
रूसले गत हप्ता आफ्नो केन्द्रीय बैङ्कमार्फत् बेल्जियममा रोक्का गरिएको सम्पत्ति रोखेको ‘यूरोक्लियर’ वित्तीय समूहलाई मुद्दा दायर गरिरहेको बताएको थियो ।
मेलोनीले भनिन्, “अन्य साझेदार राष्ट्रहरू अर्थात् बेल्जियमले पनि आ–आफ्नो वित्तीय प्रणालीमा सम्पत्ति रोक्का गर्नेे रूसी सार्वभौम सम्पत्तिको एकल धारकमा ध्यान केन्द्रित गर्नु अदूरदर्शी हुनेछ ।”

प्रतिक्रिया