नयाँदिल्ली । उत्तरी भारतको एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएका छन् ।
प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरुकोे ठक्करको कारणले उनीहरुको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।
घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ ।
घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेकको बताइएको छ ।

प्रतिक्रिया