काठमाडौं । बहुविवाहको अभियोगमा नेपाल प्रहरीका डीएसपी मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र भट्टले नेपालको पत्नीको जाहेरीका आधारमा नेपाल पक्राउ परेको जानकारी दिए ।
नेपाललाई थुनामा राखेर नै प्रहरीले अनुसन्धान थालेको छ । नेपालको जेठी श्रीमतीबाट एउटा छोरी र कान्छीबाट दुई छोरी छन् ।

प्रतिक्रिया