उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण


काठमाडौं । सरकारले चैत १५ गते काठमाडौंको तीनकुनेमा मारिएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । रजक काठमाडौंको तीनकुनेमा गत चैत १५ मा भएको प्रदर्शनको क्रममा मारिएका थिए । त्यस्तै बैठकले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ ।

बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।

यस्तै, अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । बैठकले सहसचिव राजेन्द्र कुमार पौडेलको बढुवा गरेको छ ।