सुनचाँदीको मूल्यमा सामान्य गिरावट


काठमाडौँ । शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदीको मोल तीन हजार ६०५ रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।