सिन्धुपाल्चोकमा पहिरोले दुई घर बगायो, पाँच जना बेपत्ता


काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित खोकुण्डोल बजारमाथि फुल्पिङमा गएराति गएको पहिरोले २ घर बगाएको छ । पहिरोले घर बगाउँदा ५ जना बेपत्ता भएका गाउापालिकाका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिएका छन् ।

प्रहरी घटनास्थल पुग्दै गरेको र आफूहरु पनि केही बेरमा घटनास्थल पुग्ने उपाध्यक्ष शेर्पाले बताए । पहिरोले अन्य घर र विद्यालयको भवनमा समेत क्षति भएको छ ।

फोटोः श्रीधर न्यौपानेको फेसबुकबाट