सुनको मूल्य तोलाको दुई लाख ५२ हजार २०० रुपैयाँ


काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मोल पनि बढेर तोलामा तीन हजार ४९० निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ३४५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १७५ र त्यति नै चाँदी ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।