‘जनताको विश्वास आर्जन गर्नेगरि पार्टीलाई बलियो बनाउन प्रतिनिधि छनोटमा ख्याल गरौं’


काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले महाधिवेशन प्रतिनिधि छनोटमा जिम्मेवारीपूर्ण भूमिका खेल्न आग्रह गरेका छन् ।

शनिबार सामाजिक संजामार्फत विष्टले पार्टीलाई थप गति, उर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्नेगरि बलियो बनाउनु पर्ने भएको प्रतिनिधि छनोटमा जिम्मेवार भूमिका खेल्न आग्रह गरेका हुन् ।

उनले भनेका छन् , ‘आदरणीय कमरेडहरु, तपाईंहरु आज हाम्रो पार्टीको ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दै हुनुहुन्छ । हामीले यतिबेला देशमा देखापरेको विषम परिस्थितिलाई सम्बोधन गर्ने र पार्टीलाई थप गति, उर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्नेगरि बलियो बनाउनु पर्नेछ । यसका लागि समयको माग अनि आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउने गरि प्रतिनिधि चयनमा जिम्मेवारपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास राखेको छु ।’ एमालेले आज महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट गर्दैछ ।