काठमाडौं । नेकपा एमालेले ११औँ महाधिवेशनका लागि आज देशैभरि प्रतिनिधि छनोट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार ११ मंसिरमा सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ ।
केही निर्वाचन क्षेत्रमा सहमति जुटेको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजेदेखि निर्वाचन हुँदै छ । निर्वाचनको समयमा अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ ।
विभिन्न जिल्लाहरूले अनुकूलताअनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनकाअनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरूसहित करिब २ हजार प्रतिनिधि छनोट हुँदैछन् ।
यस्तै, प्रवास, जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनोट हुनेछन् । एमालेको ११औँ महाधिवशेनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया