काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारमा पूर्वएआईजी विश्वराज पोखरेललाई मनोनयन गरेको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई मनोनयन गरेको हो । त्यस्तै, आयोगको सदस्यमा अधिवक्ता सुशीला सिंखडालाई मनोनयन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले पार्टी कोषाध्यक्ष लिमा अधिकारीको संयोजकत्वमा सदस्यहरु प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्र सम्मिलित उम्मेदवार छनोट अडिट समिति गठन गरेको छ ।


प्रतिक्रिया