काठमाडौँ । नेपाल प्रिमियर लिगमा कर्णाली यक्सले विराटनगर किंग्सलाई १६१ रनकोल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनायो । कर्णालीको लागि प्रियंक पञ्चालको अर्धशतकिय पारी खेले ।
उनले ४७ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ६३ रन बनाए। यस्तै, विलियन बोसिस्टोले ४८ रन बनाए। उनले ४८ बलमा दुई चौका प्रहार गरे । दोस्रो विकेटको लागि विलियन र प्रियंकले ९२ रनको साझेदारी गरे।
मार्क वार्ड ९ बलमा ६ रन बनाएर क्याच आउट भए। गुलसन झाले १० बलमा एक छक्का र दुई चौका प्रहार गर्दै २० रन बनाएर आउट भए ।

प्रतिक्रिया