कर्णालीका पञ्चालद्वारा दोस्रो अर्धशतक प्रहार


काठमाडौँ । कर्णाली याक्सका प्रियान्क पञ्चालले राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो अर्धशतक हिर्काएका छन् ।

कीर्तिपुरमा जारी विराटनगर किङ्ससँगको खेलमा उनले ४२ बलमा ५० रन पूरा गरे । जसमा चार चौका र दुई छक्का सामेल छन् । यसअघि उनले चितवन राइनोजका विरूद्ध उनले अर्धशतक हानेका थिए । शतक बनाउनबाट चुकेका प्रियान्क उक्त खेलमा ९० रनमा आउट भएका थिए ।

जारी प्रतियोगितामा यो १६औँ अर्धशतक हो । खेलाडीको हिसाबले १२ जनाले अर्धशतक र एक खेलाडीले मात्र शतक जोड्न सकेका छन् । यसअघि चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेलले दुई अर्धशतक हिर्काएका छन् ।

सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, पोखराका सुमित बर्माले, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् ।

कर्णालीका मार्कबाट मात्रै जारी प्रतियोगितामा शतक हिर्काउने एक मात्र खेलाडी हुन् ।