रास्वपा प्रवेश गर्दै पूर्वएआइजी पोखरेलले भने- रवि लामिछानेमाथि अन्याय भएको छ


काठमाडौँ । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । शुक्रबार पार्टी कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा पोखरेल रास्वपा प्रवेश गरेका हुन् ।

पोखरेललाई रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले पार्टीमा स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले रास्वपा सभापति रवि लामिछानेमाथि अन्याय भएको बताए । उनले रविको देश बनाउने हुटहुटी बुझेर आफू पार्टी प्रवेश गरेको बताए ।

पोखरेलले २९ वर्षे प्रहरी सेवामा इमान्दार काम गरेको भन्दै पार्टीमा पनि जिम्मेवारी अनुसारको इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए ।

उनले पुराना पार्टीले जनताको विश्वास गुमाइसकेको भन्दै जनताको आवाज सुन्ने पार्टीमा प्रवेश गरेको बताए । पोखरेलले २०७७ मंसिर २५ गते एआइजी भएर २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए ।