कर्णालीले विराटनगरविरुद्ध ब्याटिङ गर्ने


काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोम्पाल कामीले टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेलाई फिल्डिङको निम्तो दिए ।

कर्णालीको यो चौथो खेल हो । कर्णालीले यसअघि लुम्बिनी लायन्सलाई नौ विकेटले पराजित गर्दा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रन र चितवन राइनोजसँग चार विकेटको हार व्यहरेको छ ।

यता विराटनगरको भने पाँचौँ खेल हो । विराटनगरले यसअघि पहिलो, दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा एभेन्जर्सलाई ५३ रन, काठमाण्डू गोर्खाजलाई पाँच विकेट र जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरेको थियो । तर, चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएपछि टिमको अपराजित यात्रामा ब्रेक लागेको थियो ।