कीर्गिस्तान । किएभले मस्कोले दाबी गरेको क्षेत्रबाट फिर्ता भएमा रूसले युक्रेनमा आक्रमण अन्त्य गर्ने अन्यथा रूसी सेनाले उक्त क्षेत्र बलपूर्वक कब्जा गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।
रूसी सेना बिस्तारै तर स्थिर रूपमा पूर्वी युक्रेनमा युक्रेनी सेना बिरूद्धको महँगो लडाईमा फसिरहेको छ ।
रूसले युद्ध जारी राख्ने बताइरहँदा उता वाशिङ्गटनले भने लगभग चार वर्षको युद्ध अन्त्य गर्न गरेको आफ्नो प्रयासलाई नवीकरण गरेको छ र आश्चर्यजनक योजना अघि सारेको छ । प्रस्तावलाई मस्को र किएभसँगको आगामी वार्ताको माध्यमबाट अन्तिम रूप दिने बताएको छ।
“यदि युक्रेनी सेनाले आफ्नो कब्जामा रहेको क्षेत्र छोडे भने हामी युद्ध अभियान रोक्नेछौँ,’ पुटिनले किर्गिस्तानको भ्रमणका क्रममा भने । “यदि उनीहरूले त्यसो गरेनन् भने, हामी यसलाई सैन्य माध्यमबाट प्राप्त गर्नेछौँ ।
युक्रेनको पाँच भागको एक भाग रुसले नियन्त्रण गरेको छ । कब्जा गरिएको भूमिको मुद्दा किएभले कहिल्यै छोड्ने छैन भनेको छ, यो शान्ति प्रक्रियाको सबैभन्दा ठूलो अवरोधहरू मध्ये एक हो।
वार्ताको अर्को महत्त्वपूर्ण मुद्दा भनेको युक्रेनको लागि पश्चिमी सुरक्षा सुनिश्चितता हो । भविष्यमा रूसले फेरि आक्रमण गर्नबाट रोक्नको लागि यो आवश्यक रहेको किएभले बताएको छ ।
युक्रेनका युरोपेली सहयोगीहरूको सहभागिता बिना संयुक्त राज्य अमेरिकाले तयार गरिएको वाशिङ्गटनको मूल योजनाले किएभलाई पूर्वी डोनेट्स्क क्षेत्रबाट फिर्ता गर्ने र डोनेट्स्क, क्रिमिया र लुगान्स्क क्षेत्रहरूलाई रूसी भूगोलका रूपमा मान्यता दिने उल्लेख गरिएको छ ।
अमेरिकाले किएभ र युरोपको आलोचनापछि गत हप्ताको अन्त्यमा मूल योजनालाई फिर्ता गर्दै अझै नयाँ संस्करण जारी गर्ने बताएको छ तर यो अझै जारी भएको छैन ।
संशोधित नयाँ योजनाको अध्ययन गरेका पुटिनले यो वार्ताको सुरुवात हुन सक्ने बताए । उनले पछिल्लो मस्यौदाको बारेमा भने, “समग्रमा, हामी सहमत छौँ । यो भविष्यका सम्झौताहरूको आधार बन्न सक्छ।” प्रस्तावलाई अमेरिकाले लगभग २० बुँदामा छोट्याएको अनुमान गरिएको छ।
अमेरिकी वार्ताकार स्टिभ विटकोफ अर्को हप्ता मस्को भ्रमण गर्ने अपेक्षा गरिएको रूसी नेता पुटिनले बताएका छन् ।

प्रतिक्रिया