जनकपुरलाई पराजित गर्दै पोखराको जित


काठमाडौँ । जनकपुर वोल्ट्सले तेस्रो खेलमा पनि पराजय ब्यहोरेको छ । पोखरा २५ रनले विजयी भयो । बिहीबार त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १३० रन मात्रै बनाउन सक्यो ।

जनकपुरको लागि वाइर्ने पर्नेले अर्धशतकिय पारी खेले ३८ बलमा ५० रन पूरा गर्दै उनि रिटार हर्ट भएर मैदान बाहिरिए पछि किशोर महतो मैदान प्रवेश गेरेका थिए । माज सराकतले १४ बलमा २० रन बनाए।

उनले एक चौका र दुई छक्का प्रहार गरेर आउट भए। सन्जय कृष्णमुर्तिले २५, वाइर्ने पर्नेले बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यता, जनकपुरलाई कम योगफलमा रोक्नको लागि विपिन खत्रीले चार ओभरमा चार विकेट लिदैँ मात्र १५ रन खर्चिए । सुमित बर्माले दुई तथा कप्तान कुशल भुर्तेल र जिमी निशमले विकेट हात परे । त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।