लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिमको चौथो जित


काठमाडौँ । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित दर्ता गरेको छ । लुम्बिनीलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम विजयी भएको हो ।

जितसँगै सुदूरपश्चिमले चार खेलमा चार जित दर्ता गर्दै प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । लुम्बिनीको यो लगातार तेस्रो हार हो । लुम्बिनीको चार खेलमा एक जित मात्रै रहेको छ । लुम्बिनी लायन्सले दिएको १४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

सुदूरपश्चिमका लागि ओपनर भण्डारीले ३७ बलमा ५० रन पूरा गरे । उनले ४९ बलमा ६९ रन अविजित रहे । यस्तै, आरिफ शेखले ३७ बलमा ३९ रन बनाए।

उनले चार चौका र एक छक्का प्रहार गरे । त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेटको क्षतिमा १४३ रन मात्रै बनाउन सक्यो ।