नेकपा एकीकृत समाजवादीको कैलाली जिल्ला कमिटी नेकपामा समाहित नहुने


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको कैलाली जिल्ला कमिटी नेपाली कम्युनिष्ट पार्टीमा समाहित नहुने भएको छ ।

अध्यक्ष विमल जोशी, सचिव दीर्घ जोशी, उपसचिव प्रेमलाल चौधरीसहित संयुक्तरुपमा विज्ञप्ति जारी गरी जिल्ला कमिटीले नेपाली कम्युनिष्ट पार्टीमा समाहित नहुने निर्णय गरेको जानकारी दिएका हुन् ।

नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्ने र कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने गरी गरेको एकतामा समाहित नहुने उनीहरुले बताएका छन् ।