टस जितेर सुदूरपश्चिमले पहिले बलिङ गर्दै


काठमाडौँ। नेपाल प्रिमियर लिग अन्तर्गत आफ्नो चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर फिल्डिङ रोजेको छ।

त्रिवि क्रिकेट रंगशालामा सुदूरका कप्तान दिपेन्द्रसिंह एैरीले टस जितेर पहिले फिल्डिङ रोजेका हुन्।

जारी प्रतियोगितामा आफ्नो सुरुआतका तीनै खेल जितेको सुदूर शीर्ष स्थानमा छ। यता, तीन खेलमा दुई हार र एक जित निकालेको लुम्बिनी दोस्रो जितको खोजीमा छ।