तिलिचोमा रेस्लिङ्गको महाभिडन्त, लेखियो ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम


मनाङ । नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा बुधबार दिन मनाङको ङिस्याङ्ग गाउँपालिका वडा नम्बर ९ मा संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा २ वटा रेस्लिङ्ग महाभिडन्त भव्य रूपमा सम्पन्न भएको छ ।

पहिलो खेलमा नेपालको तर्फबाट पहिलो महिला रेस्लर भगवती खड्का (युनिका), अस्मिता (जुरेली) र अमेरिकी खेलाडी Camille collettee Ligon (Holided) बीच खेल भएको थियो खेल खेलमा नेपालको तर्फबाट भगवती खड्का (युनिका) र अस्मिता जुरेली विजयी भएका थिए ।

उनीहरु संसारको अग्लो स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा रेस्लिङ्ग महाभिडन्तमा विजयी सुनिश्चित गरि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । यसमा रेफ्रीको भूमिकामा सिन्धुपाल्चोक टाइगर उपनामले चिनिने कृष्ण मगर थिए ।

यसैगरी दोश्रो खेलमा नेपाली खेलाडी सिन्धुपाल्चोक टाइगर कृष्ण बहादुर मगर र लोकु सिङ्गबीच खेल सम्पन्न भएको थियो । खेलमा सिन्धुपाल्चोक टाइगर कृष्ण ब मगर विजयी भए । कार्यक्रममा मनाङ्ग ङिस्याङ्ग गाउँपालिकाका अध्यक्ष कान्छा घलेले रेस्लिङ्ग खेलको माध्यमबाट देश र तिलिचो ताललाई संसारभर चिनाउने प्रयत्न गरेकोमा खुसी व्यक्त गरे ।