उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने सहमति


काठमाडौं । कुलमान घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ र खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले एउटै चिह्नमा चुनावमा जाने भएका छन् । त्यसका लागि उनीहरुले निर्वाचन आयोगमा निवेदन दिएका छन् । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल दुवै नयाँ दल हुन् ।

बुधबार निर्वाचन आयोगमा दुवै दलले संयुक्त रूपमा निवेदन दिएका हुन् । अब कुलमान घिसिङको पार्टीको बलेको चिमको चुनाव चिह्न प्रयोग हुनेछ । हाम्रो नेपाल पार्टीको चुनाव चिह्न लाइक छ ।