शेयर बजारमा सामान्य वृद्धि


काठमाडौँ । साताको चौथो दिन शेयर बजार नेप्से उकालो लागेको छ । चार दिनयता बजार वृद्धि हुँदै आएको छ । बुधबार नेप्से ९.६१ अंकले बढेर २ हजार ६६५.६० विन्दुमा पुगेको हो ।

आज सेन्सेटिभ इण्डेक्स १.६४ अंकले बढेको छ आज कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

आज झापा इनर्जी, सागर डिष्लिटरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ६२ करोड ४३ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको २६ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ ।