एमालेको महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा हुने


काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा हुने भएको छ ।

बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन सचिवालयको पहिलो बैठकले महाधिवेशनको उद्घाटन सल्लाघारीको खुल्ला चौरमा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

देशभरका नेता–कार्यकर्ताका कारण उत्पन्न हुन सक्ने ट्राफिक व्यवस्थालगायतका कारण देखाउँदै एमालेले भक्तपुरमा महाधिवेशनको उद्घाटन सत्र गर्न लागेको हो ।

बन्द सत्र भने भृकुटीमण्डमा हुनेछ । त्यस्तै, एमालेको महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरेको छ । नेकपा एमालेले २७ मंसिर देखि महाधिवेशन गर्दैछ ।