तोलामा नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेको छ । मूल्य बढेसँगै सुनको मूल्य तोलाको २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढ्दै ३ हजार २२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।