उपरथी भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान


काठमाडौँ । मन्त्रिपरिषद्को मङ्सिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा भएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सोही कार्यक्रममा प्रधानसेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।