आइएइएप्रतिको दायित्वबारे इरान र फ्रान्सबीच छलफल हुने


पेरिस । इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता पेरिसमा आफ्ना फ्रान्सेली समकक्षी जाँ–नोएल ब्याारोँसँग भेटवार्ता गर्ने भएको फ्रान्सको विदेश मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का निरीक्षकहरूलाई आफ्नो सुविधाहरूमा प्रवेश गर्न अनुमति दिन तेहरान पश्चिमा शक्तिहरूको दबाबमा छ।

फ्रान्सेली मन्त्रालयले भनेको छ, “यो इरानलाई आइएइएसँग सहयोग पुनः सुरु गर्न आग्रह गर्ने अवसर हुनेछ।
पश्चिमा देशहरूले इरानले आणविक हतियार खोजेको आरोप लगाउँदै आएका छन्, जसलाई तेहरानले योजनाबद्ध रूपमा अस्वीकार गर्दै आएको छ।

इजरायलले जूनको मध्यतिर इरानबिरूद्ध एक्कासी हवाई आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको १२ दिने युद्धका क्रममा इरानले आणविक हतियार बनाउनका लागि आवश्यक युरेनियमसहितको ९० प्रतिशत सामग्री भण्डारण गरिएको विश्वास गरिएको इरानी ‘आणविक केन्द्र’ मा संयुक्त राज्य अमेरिकाले छोटो समय आक्रमण गरी त्यसलाई पुनः प्रयोग गर्न नसकिने बनाएपछि इरानले पश्चिमा शक्तिहरुसँगको वार्ताको कुनै अर्थ नरहेको भन्दै वार्तामा सहभागी हुन नमानेपछि वार्ता हुन सकेको थिएन ।

योबीचमा अमेरिकी पहलमा इरानसँग विश्व शक्ति राष्ट्रहरुले सन् २०१५ मा गरेको सम्झौताप्रति इरान इमान्दार नरहेको भन्दै बेलायत, जर्मनी र फ्रान्सले सम्झौता अनुरुप इरानमाथिको प्रतिबन्ध फुकुवालाई पुनः कार्यान्वयनमा ल्याएको छ।

गत सेप्टेम्बरमा इरान र आइएइएबीच सहकार्यका लागि कायरोमा एक सम्झौता भएको थियो ।
इरानका उच्च कूटनीतिज्ञले शुक्रबार देशको आणविक स्थलहरूको अनुगमनका लागि नयाँ दृष्टिकोण अपनाउनुपर्ने बताएका थिए ।

आइएइएले तेहरानलाई संवेदनशील आणविक स्थलहरूमा पहुँचसहित ‘पूर्ण र छिटो’ सहयोग प्रदान गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि विदेशमन्त्री अराघचीले संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी र फ्रान्सले ‘तनाव’ को बाटो पछ्याएको आरोप लगाएका थिए ।

बुधबार भएको बैठक इरानका लागि आइएइएप्रतिको आफ्नो दायित्व पूरा गर्न र एजेन्सीसँग चाँडै पुनः सहयोग सुरु गर्न आह्वान गर्ने अवसर हुने